यस्तो रहनेछ शनिबारको मौसमशनिबार, भदौ २, २०८०

अब कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा शुक्रबार, भदौ १, २०८० काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ ।

यी हुन् काठमाडौंका बाढी र डुबानका क्षेत्र शुक्रबार, भदौ १, २०८० काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा रहेको छ ।

‘तलब बढाएर श्रमिकलाई दिन सकिन्न’ शुक्रबार, भदौ १, २०८० नेपाल उद्योग परिसंघले सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने जनाएको छ ।

शिक्षकका लागि मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सामग्री शुक्रबार, भदौ १, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले सूचीकृत हुनका लागि सूचना जारी गरेको छ ।
शिक्षक महासंघको आन्दोलनमा ईसीडी शिक्षकको सक्रिय सहभागिता शुक्रबार, भदौ १, २०८० सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सक्रिय भएका छन् ।

शिक्षा ऐन : शिक्षक कर्मचारीले बुझाए सांसदलाई ज्ञापनपत्र शुक्रबार, भदौ १, २०८० नेपाल शिक्षक महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत शुक्रबार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसदलाई मागबारे ध्यानाकर्षण गराएका छन् ।

नेपाल आइपुगेका बागेश्वरधामले भने : नेपाल भारतको अभिन्न अंग हो शुक्रबार, भदौ १, २०८० बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् ।

मनाङमा सडक बन्द भए बारीमै कुहिन्छ स्याउ शुक्रबार, भदौ १, २०८० त्यस्तै, नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिए । उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ टिप्ने अवस्था भएको छ ।

कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने शुक्रबार, भदौ १, २०८० नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी पार्टीका नेता न्यौपानेको ७२ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।
टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर भ्रष्टाचार मुक्त हुन्न : मन्त्री गुरुङ शुक्रबार, भदौ १, २०८० कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन पहिलो शर्त हुनु पर्ने बताए ।

संघीय निजामति सेवा ऐन ठूलो आर्थिक भार पर्ने गरी आउँदैन : उपप्रधानमन्त्री खड्का शुक्रबार, भदौ १, २०८० उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामति सेवा ऐन ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरूलाई समावेश गरेर नआउने बताएका छन् । काठमाडौंमा शुक्रबार भएको नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले सुविधाहरू समावेश नहुने बताएका हुन् ।

बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित भव्य स्वागत शुक्रबार, भदौ १, २०८० नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरू निकै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफूहरू धेरै उत्साहित भएको बंगाली पर्यटकहरूको भनाइ छ ।









