News Griha :: न्यूजगृह
यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

जसको प्रभावले हाल  मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०६:१६
Weather Update