विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउनसोमबार, पुस २९, २०८१
दुर्गम पलाँतामा टेलिकम सोमबार, पुस १, २०८१ पलाँता गाउँपालिका–४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चारको पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमुख प्रेमसिंह विष्टले बताए ।
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक सोमबार, पुस १, २०८१ महाशाखाको वेबसाइट http://mfd.gov.np/ ह्याक भएको भन्ने सूचना देखाइएको छ। ‘ह्याक भएको हो। राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो। राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन्।
जुम्लाको पातारासीमा फोरजी सेवा बुधबार, मंसिर १९, २०८१ ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताए।यहाँका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए।
जापानले बनाउँदै विश्वकै शक्तिशाली सुपर कम्प्युटर शुक्रबार, मंसिर ७, २०८१ प्रविधि क्षेत्रको प्रतिस्पर्धा बढ्दै जाँदा जापानले विश्वकै पहिलो जेटा श्रेणीको सुपर कम्प्युटर निर्माणको तयारी थालेको छ। सो डिभाइस अहिले संसारमा उपलब्ध सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा लगभग १००० गुणा बढी शक्तिशाली हुने दाबी गरिएको छ।
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध आइतबार, मंसिर २, २०८१ नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए। उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो।’
करको दायरामा आए एप्पल, गुगल, टिकटकसहित २० अन्तर्राष्ट्रिय कम्पनी शुक्रबार, कात्तिक २३, २०८१ नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डीएसटी) तिर्न थालेका छन्।ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेका अनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डीएसटी...
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध बिहीबार, कात्तिक २२, २०८१ अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्।
नेपालमा दर्ता भयो टिकटक बुधबार, कात्तिक २१, २०८१ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए।
अधिकांश चर्चित एपले प्रयोगकर्ताको डेटा संकलन र बिक्री गर्ने खुलासा मंगलबार, कात्तिक १३, २०८१ फेसबुक, म्यासेन्जर, टिन्डर, बम्बलजस्ता विश्वका सर्वाधिक चर्चित एपमध्ये ७४ वटाले आफ्ना प्रयोगकर्ताको राजनीतिक एवं धार्मिक आस्थासम्बन्धी डेटा संकलन गर्ने एक अध्ययनले पुष्टि गरेको छ । तीमध्ये २१ प्रतिशतले यस्ता सूचना तेस्रो पक्षलाई बेच्ने गरेका छन्।
दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता मंगलबार, कात्तिक ६, २०८१ भिडिओ सेयरिङ प्लाटफर्म टिकटकले नेपालमा सूचीकृत हुन प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्छ। टिकटक यसअघि नै नेपालको कर प्रणालीमा भने जोडिइसकेको थियो।
किन गर्यो मेटाले रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध? मंगलबार, असोज १, २०८१ टेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ।
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री मंगलबार, असोज १, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्नेमा जोड दिएका हुन्।