News Griha :: न्यूजगृह
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध

काठमाडौं— आइबार मध्यान्ह नेपाल टेलिकमको टेलिफोन सेवा केही अवरुद्ध भएको छ।

सेवा अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा तथा डेटा सेवाहरू चलेका थिएनन्। फोन नलाग्ने, अफ भन्ने लगायतका समस्या देखिएका थिए।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले प्राविधिक समस्याले केही मिनेट मात्रै सेवामा समस्या आएको बताए। उनले भने, ‘थोरै समय समस्या देखिएको थियो । करिब ८–१० मिनेटपछि समाधान भइसकेको थियो।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:३९
Weather Update