News Griha :: न्यूजगृह
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौं— मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ। आइतबार रातिदेखि वेबसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिइन्।

महाशाखाको वेबसाइट http://mfd.gov.np/  ह्याक भएको भन्ने सूचना देखाइएको छ। ‘ह्याक भएको हो। राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो। राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन्।

समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको पनि महर्जनले जानकारी दिइन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:३२
Weather Update