News Griha :: न्यूजगृह
सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमा
सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सक सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सुरक्षा माग गरेका छन् ।इन्टर्न चिकित्सकमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिनन पनि अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन् ।
एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु
एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु भएको छ ।प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।
यस्ता माग राखेर स्थानीय तहका कर्मचारी सडकमा
यस्ता माग राखेर स्थानीय तहका कर्मचारी सडकमा संघीय निजामती विधेयक ल्याउनुपर्नेलगायत माग गर्दै स्थानीय तहका कर्मचारीले सोमबारदेखि काठमडौंको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका छन् । उनीहरूले देशभरका सबै स्थानीय तहमा सेवा प्रवाह रोक्नेसम्मका कार्यक्रम तय गरेका छन् ।
स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन पक्राउ
स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन पक्राउ रुपन्देहीको सिद्धार्थनगर नगरपालिक–१ डण्डाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरू भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय...
सोमबार कति पुग्यो सुनको मूल्य ?
सोमबार कति पुग्यो सुनको मूल्य ? नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय पुगेको छ ।
दाङमा डेंगु संक्रमणबाट एक पुरुषको मृत्यु
दाङमा डेंगु संक्रमणबाट एक पुरुषको मृत्यु दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।
एसियाली खेलकुदको क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने
एसियाली खेलकुदको क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने भएको छ ।
अर्थमन्त्री महत भन्छन्— शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ
अर्थमन्त्री महत भन्छन्— शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशमलाई
नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशमलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यकारी अधिकार रेशम चौधरीलाई दिने निर्णय भएको छ । यसअघि चौधरी नाउपाको संरक्षक थिए ।
डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्छन् भोजपुरका चन्द्रबहादुर
डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्छन् भोजपुरका चन्द्रबहादुर भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नभएको तामाङले बताए ।टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश वटासम्म डोका तयार गर्ने उनको भनाइ...
कुन तरकारी कति रुपैयाँ किलोमा भइरहेको छ कारोबार ?
कुन तरकारी कति रुपैयाँ किलोमा भइरहेको छ कारोबार ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्य तोकेको छ । जसअनुसार सोमबार भारतीय गोलभेँडा (ठूलो), परवर र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेँडा र भिन्डी प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।
Weather Update