अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमतिआइतबार, असोज १४, २०८०

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर शुक्रबार, असोज १२, २०८० विशेष अदालतका सदस्य यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको इजलासले गुप्तासहित इन्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस बुधबार, असोज १०, २०८० हङकङबाट तस्करी गरेर ल्याएको करिब ६१ किलो सुन प्रकरणका आरोपितको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रहरी नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस हुन लागेको हो ।

सुन तस्करी प्रकरणमा २६ प्रतिवादीको बयान सकियो, भोलिबाट थुनछेक बहस मंगलबार, असोज ९, २०८० न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान मंगलबार सकिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उनका अनुसार मंगलबार ४ जना प्रतिवादीको बयान लिइएको थियो ।

सर्वोच्चले माग्यो ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको जवाफ मंगलबार, असोज ९, २०८० सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ ।

मानव बेचबिखनका आरोपित हस्त गौतम पुर्पक्षका लागि थुनामा सोमबार, असोज ८, २०८० सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले हस्त गौतम र अर्का प्रतिवादी कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता चन्द्र सञ्जेलले जानकारी दिए ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर सोमबार, असोज ८, २०८० विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दाको बहस सात वर्षपछि सकियो, निर्णय भने आगामी मङ्सिरमा आइतबार, असोज ७, २०८० द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै आइतबार, असोज ७, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित सोमबार, असोज १, २०८० बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
![न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची]](https://newsgriha.com/uploads/posts/520X390/nyayparishad1694774246.jpg)
न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची] शुक्रबार, भदौ २९, २०८० न्यायपरिषद्को शुक्रबार बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । नायव महान्यायाधीवक्ता एवम् बेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई पहिलो वरीयतामा राखेर न्यायपरिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

विन्ध्यवासिनी म्युजिक र प्रमोद खरेलबीचको प्रतिलिपि अधिकार मुद्दामा अदालतको विवादित फैसला, न्यायाधीशले विवेक नै पुर्याएनन शुक्रबार, भदौ २९, २०८० न्यायाधीश सिलवालले प्रतिलिपि ऐनको विरुद्धमा खरेललाई यसको अधिकार भएको ठहर गरेका छन् । कानुनका ज्ञाताहरूका अनुसार गायकलाई प्रतिलिपि अधिकार दिनु 'न्यायिक विचलन' हो ।

सङ्खुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीबन्दी पुर्पक्षका लागि थुनामा बिहीबार, भदौ २८, २०८० सङ्खुवासभा अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले कैदी मृत्यु प्रकरणमा संलग्न १५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए ।
साताको लोकप्रिय