News Griha :: न्यूजगृह
गण्डकीः फणीन्द्रको पक्षमा फैसला, कारबाही कार्यान्वयन नगर्न आदेश [पूर्णपाठ]

काठमाडौं— मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादीको कारबाहीमा परेका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाको पक्षमा फैसला आएको छ। 

सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले देवकोटालाई कारबाही गर्ने निर्णयमा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेश दिएका हुन्। साथै उनलाई गरिएको कारबाही कार्यान्वयन नगर्न समेत आदेश दिइएको छ। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो। गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित देवकोटालाई दलीय  ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो। त्यसलाई सभामुख कृष्णप्रसाद धितालले समेत सदन गरेपछि उनी पदमुक्त भएका थिए। 

त्यसको विरुद्ध देवकोटाले गत असार ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफूलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए। 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद हुन् देवकोटा। तर निर्वाचनमा दुई दल मिलेर एकै चुनाव चिह्नबाट चुनाव लडेका थिए। तर नेसपाले भने माओवादीको कारबाहीलाई अस्वीकार गर्दै आइरहेको छ। 

सर्वोच्चको आदेशसँगै देवकोटाको पद जोगिएको छ।

1

2

3

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:३९
Weather Update