दराज ११.११ सेल: ५० लाखले किने सामानसोमबार, मंसिर १८, २०८०
लाभांशको निर्णय ढिलो जानकारी गराउँदा तारागाउँ रिजेन्सी होटल्स कारबाहीमा, शेयर कारोबार स्थगन सोमबार, मंसिर १८, २०८० तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो ।
सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो सोमबार, मंसिर १८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

एनसेलको शेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियाटाले अझै दिएन जवाफ सोमबार, मंसिर १८, २०८० सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ । समितिले एनसेलको शेयरबिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । एनसेलमा रहेको आजियाटा समूहको शेयरखरिद बिक्री वा स्वामित्व...

एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद अमरेश सिंहको दाबी आइतबार, मंसिर १७, २०८० काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए । खरिदबिक्रीमा ठूलो चलखेल भएको उनको दाबी छ ।

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न अर्थको निर्देशन आइतबार, मंसिर १७, २०८० अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता...
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको कति? आइतबार, मंसिर १७, २०८० महासङ्घले आइतबार ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो शनिबार, मंसिर १६, २०८० प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एअरलाइन्सले पनि ग्राउन्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । आजदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ । प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले गर्दै आएको ग्राउन्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान...

एनसेल बिक्री भयो शुक्रबार, मंसिर १५, २०८० गत बुधबार व्यावसायिक चुनौतीहरू बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।

बैङ्किङ क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गभर्नर अधिकारी शुक्रबार, मंसिर १५, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैङ्किङ क्षेत्रमा समस्या नभएको बताएका छन् । यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैङ्किङ क्षेत्रमा समस्या नभएको भन्दै एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए ।

नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घट्यो, कतिमा हुँदैछ कारोबार? शुक्रबार, मंसिर १५, २०८० बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको छ ।

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह शुक्रबार, मंसिर १५, २०८० जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार आबुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दे नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

राष्ट्र बैंकले १०० रुपैयाँ दरका १० हजार स्मारिका सिक्का छाप्ने बिहीबार, मंसिर १४, २०८० बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।