निगमले तिर्यो जहाज खरिदको ५३ करोड ऋण किस्ता

काठमाडौं— नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको पुस महिनासम्मको किस्ता बुझाएको छ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो।
निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक गरी यो रकम बुझाएको छ।
यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि २०८१ पुस मसान्तसम्म निगमले ६ अर्ब ८५ करोड ९५ लाख १२ हजार ८१४ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १९:०८