News Griha :: न्यूजगृह
निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुन सर्वोच्चद्वारा खारेज
निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुन सर्वोच्चद्वारा खारेज सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ । गत वैशाखमा आयोजित लगानी सम्मेलनको पूर्वसन्ध्यामा अध्यादेश तथा संसद् सुरु भएपछि विधेयकमार्फत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि बढाउन पाउने प्रावधानसहित निकुञ्ज ऐन संशोधन गरेको थियो ।
सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, गण्डकीको हिमाली भेगमा हिमपात
सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, गण्डकीको हिमाली भेगमा हिमपात पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।
रवि लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आदेश लेखन सुरु
रवि लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आदेश लेखन सुरु न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस भएको हो । लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बुधबार बहस गरे । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए ।
सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध
सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि
आज पौष शुक्ल पूर्णिमा, स्वस्थानी व्रत शुरु गर्ने दिन, यस्तो छ विधि आज पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी सोमबार एक महिने श्री स्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा ५२ घडी ३४ पला अर्थात् मङ्गलबार बिहान ४ बजेसम्म पूर्णिमा रहेको उल्लेख छ। 
हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान रोकियो
हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान रोकियो पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।
रवि लामिछाने न्यायिक हिरासतमा
रवि लामिछाने न्यायिक हिरासतमा रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो । उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाइदिएका हुन् ।
अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको मृत्यु खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो । दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ ।
रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने
रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 
टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्‍याएको घटनामा ८९ जना दोषी
टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्‍याएको घटनामा ८९ जना दोषी टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारी तथा पार्टीका प्रतिनिधिहरूले मिलेमतो गरी नक्कली कागजात खडा गरेको आरोप थियो। नक्कली कागजात तयार गरी प्लट घडेरी आफन्त लगायतका नाममा कम रकम बुझाएर हक हस्तान्तरण गरेको कसुर थियो।
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।  
अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु
अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार रातिको हो । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दीक्षाले केही समयअघि मात्रै नेपाल आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । 
Weather Update