News Griha :: न्यूजगृह
अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु

काठमाडौं— अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको हो। 

दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार रातिको हो ।

प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दीक्षाले केही समयअघि मात्रै नेपाल आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:४५
समसामयिक
Weather Update