रवि लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आदेश लेखन सुरु
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।
न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस भएको हो । लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बुधबार बहस गरे । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए ।
त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए । सरकारी वकिलले जवाफी बहस सकाएपछि अहिले आदेश लेखन कार्य सुरु भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १५:५१