News Griha :: न्यूजगृह
क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या २४ पुग्यो, हावाहुरीले जोखिम कायमै
क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या २४ पुग्यो, हावाहुरीले जोखिम कायमै त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन तथा आगो रोकथाम विभागका अनुसार हर्स्टको डढेलो ८९ प्रतिशत नियन्त्रणमा आएको छ । डढेलोले हर्स्टमा ७ सय ९९ एकड क्षेत्र नष्ट पारेको छ । केनेथमा फैलिएको डढेलो भने पूर्णरुपमा नियन्त्रणमा आएको छ । केनेथमा करिब १ हजार एकड क्षेत्रमा...
शेख हसिनाको पासपोर्ट रद्द
शेख हसिनाको पासपोर्ट रद्द युनुसले सरकार प्रमुखको रूपमा शपथ लिँदा नै पासपोर्ट रद्द गर्ने बताएका थिए। हसिनाको पासपोर्ट रद्द भएसँगै भारतमा उनको बसाइ कठिन हुने विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्। हसिनालाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार समेत गरेको थियो। 
तिब्बत भूकम्पः कम्तीमा १२६ को मृत्यु, १ सय ८८ घाइते
तिब्बत भूकम्पः कम्तीमा १२६ को मृत्यु, १ सय ८८ घाइते चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९:०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु
तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर...
चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन
चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
तिब्बत भूकम्प : कम्तीमा ३६ जनाको मृत्यु
तिब्बत भूकम्प : कम्तीमा ३६ जनाको मृत्यु मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा लिबरल पार्टीको अर्को नेता चयन नहुँदासम्म उनी प्रधानमन्त्री रहने छन्। पछिल्लो समय मतदातामाझ लोकप्रियता घट्दै गइरहेको भन्दै लिबरल पार्टीभित्रै उनलाई राजीनामा गर्न दबाब थियो। क्यानडामा यसै वर्ष अक्टोबरभन्दा अगाडि चुनाव हुनेछ।
हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल
हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल अत्याधिक हिमपातपछि ती राज्यहरुको न्यूनतम तापक्रमण दश वर्षयताकै कम विन्दुमा झरेको छ । केन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित भएका छन्। यी ठाउँमा १० इन्चसम्म हिउँ जमेको छ। मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको अवस्था गम्भीर हुने आशंका गरेको छ।
राष्ट्रपति पदको शपथ लिनुअघि ट्रम्पलाई फेरि अदालती झमेला
राष्ट्रपति पदको शपथ लिनुअघि ट्रम्पलाई फेरि अदालती झमेला १० जनवरीमा यो फैसला आउने छ। राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ। न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ।
दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी डिसेम्बर ३ मा सैन्य शासन लागु गरेपछि उनीविरूद्ध महाअभियोग लागेको छ। महाअभियोगको प्रस्ताव पारित भएसँगै उनी निलम्बित छन्। उच्चस्तरीय व्यक्तित्वहरू माथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पनि पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको पुष्टि गरेको छ।
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् ।
Weather Update