रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन परराष्ट्र मन्त्रालयको अनुरोधसोमबार, मंसिर १८, २०८०

कोप–२८ : चर्चा हिमालको, नेतृत्व नेपालको सोमबार, मंसिर १८, २०८० मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गरेका थिए । साथै उनले जलवायु परिवर्तनको असर हिमालमा...

हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी' सोमबार, मंसिर १८, २०८० पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनले बताए । मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महसुस गराउन...

उमेर ढल्किएपछि चाहियो नागरिकता आइतबार, मंसिर १७, २०८० धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो । सोही ठाउँकी दश नातिनातिनाको हजुरआमा ५४ वर्षीय...

हवाई सुरक्षामाथि प्रश्न कायमै, सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा शनिबार, मंसिर १६, २०८० विद्यमान प्रणालीले क्यानका महानिर्देशकलाई अर्बौं डलरका आयोजनाहरूको टेन्डर जारी गर्न छुट दिइरहेको छ । प्रधानमन्त्री दाहाल र उनका निकट पारिवारिक सदस्यहरूलाई प्रभावमा पारेकै भरमा महानिर्देशक अधिकारीले प्राधिकरणको एकाधिकार जोगाउन सफल भइरहेको बताइन्छ । ठूला लगानीका विमानस्थलको निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको संरचना निर्माण र सुधार कार्यमा पनि अधिकारीको एकछत्त...

कोप–२८ मा प्रधानमन्त्री दाहालले भने- नेपाल अन्यायमा परेको छ शनिबार, मंसिर १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् । यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन् ।

केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ? शनिबार, मंसिर १६, २०८० गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेसन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेसन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख...

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ बेपत्ता शनिबार, मंसिर १६, २०८० प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोबर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)ले जनाएको छ । शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो ।

न्यायिक समितिको काम निष्प्रभावी शुक्रबार, मंसिर १५, २०८० तर रौतहटका स्थानीय तहहरूमा न्यायिक समितिका सदस्यहरू नै कानुनबारे अनभिज्ञ हुँदा न्याय सम्पादन गन्जागोल बनेको छ । दुर्गाभगवती गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका जग्गासम्बन्धी ७२ वटा उजुरीमध्ये ४० वटा मात्र फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा नयाँ दर्ता भएका ८ वटा मुद्दामध्ये ५...

खाग तस्करी गर्ने ८ जना पक्राउ, गैँडा मार्न लागेको थियो २० दिन बिहीबार, मंसिर १४, २०८० तर निकुञ्जका अधिकारीहरुले गैँडा मारिएको स्थानमा ७ दिन अगाडिसम्म गस्ती गरिएको दाबी गरेका थिए । सीआईबीको अनुसन्धानका क्रममा तस्कर समूहले निकुञ्जको सुरक्षा पोस्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करिब ३.५ किलोमिटर नजिकै ७ वटा खाडल खन्नेदेखि गैँडा मार्नेसम्मको सबै काम २० दिनमा सकाएको पाइएको डीएसपी दुर्गा दाहालले बताए ।

पर्यटकीय गन्तव्य बन्दै केभहिल बिहीबार, मंसिर १४, २०८० धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा बिहीबार, मंसिर १४, २०८० संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ । जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको...

सय वर्ष बाँचेर बिदा भए चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर बिहीबार, मंसिर १४, २०८० अमेरिकी चतुर कूटनीतिज्ञ, विदेश मामिलाका विज्ञ तथा नोबेल शान्ति पुरस्कार विजेता हेनरी किसिञ्जरले एक शताब्दी बाँचेर संसार छाडेका छन् । अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुविकृत व्यक्तिको रुपमा स्थापित हुँदै अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका किसिञ्जरको बुधबार १०० वर्षको उमेरमा निधन भएको हो । सन् १९७० मा, रिपब्लिकन राष्ट्रपति...