News Griha :: न्यूजगृह
विदेशबाट आउनेमा देखिन थाल्यो ‘मंकीपक्स’ तर सरकारले गरेको छैन रोकथामको तयारी
विदेशबाट आउनेमा देखिन थाल्यो ‘मंकीपक्स’ तर सरकारले गरेको छैन रोकथामको तयारी यसअघि गत पुस ५ गते साउदी अरेबियाबाट आएका एकजनामा मंकीपक्स पुष्टि भएको थियो। तनहुँ घर भएका ३६ वर्षीय ती पुरुष सुरुमा ग्राण्डी इन्टरनेशनल अस्पताल उपचारको लागि पुगे पनि मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु अस्पताल रिफर भएका थिए। त्यहीबाट नमूना राष्ट्रिय प्रयोगशालाम परीक्षण गर्दा मंकीपक्स पुष्टि भएको थियो।
अयोध्या पुगेर पोखरा फर्कियो नेपाली गिद्ध
अयोध्या पुगेर पोखरा फर्कियो नेपाली गिद्ध नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका गिद्धविज्ञ भुसालले गत असोज २ गते पाँचवटा गिद्धमा स्याटेलाइट ट्याग लगाएका थिए । पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ट्याग लगाइएको हो । तीनवटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ट्याग लगाइएको...
किवीबाट जाम र वाइन, दोब्बर आम्दानी
किवीबाट जाम र वाइन, दोब्बर आम्दानी दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए । उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट किसानले प्रतिकेजी रु दुई सय...
नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दायर भएसँगै स्वत: निलम्बनमा
नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दायर भएसँगै स्वत: निलम्बनमा अख्तियारको प्रतिवेदन अनुसार राजुप्रसादले छोराको बिहे भोज गर्दा होटलमा २४ लाख रकम भुक्तानीसमेत गरिदिएको खुलेको छ। यसरी जम्मा ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको अख्तियारको दाबी छ। सम्पत्ति शुद्धीकरणतर्फ पनि उनीहरू तीनै जनाविरूद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम गरेको छ।
के छ सहकारी विधेयकमा नयाँ व्यवस्था ?
के छ सहकारी विधेयकमा नयाँ व्यवस्था ? अध्यादेशले सहकारी सम्बन्धी ऐन संशोधन मार्फत बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरको बैंक वा वित्तीय संस्था र सहकारीमा १५ वर्षको कार्यानुभव भएको वा नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी अध्यक्ष नियुक्त गर्ने गरी,...
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस  चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास गरिएको छ । 
फाकफोकथुममा खानेपानी नभएपछि स्थानीय भन्छन्, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’
फाकफोकथुममा खानेपानी नभएपछि स्थानीय भन्छन्, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ। यहाँको मुख्य समस्या खानेपानी नै हो। गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ। नजिकै कुवा, खोला र खोल्सा छैन ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु ‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ’, प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।’ यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए । 
सिचुवानको जहाज र उराठिलो माछापुछ्रे
सिचुवानको जहाज र उराठिलो माछापुछ्रे अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पुर्‍याउनु आवश्यक रहेको र जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ । जलवायु परिर्वतको कारकको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असर खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानिनोक्सानीको पुनर्भरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा...
चिसो छल्न रारामा भित्रिए विदेशी चरा
चिसो छल्न रारामा भित्रिए विदेशी चरा ती चराहरू गर्मी महिना सुरु भएसँगै झन्डै ५ महिनापछि साइबेरिया, युरोप, मंगोलिया, मानसरोवरलगायत क्षेत्रमा फर्कन्छन् । विदेशी चराहरू बसाइँ सरी आएपछि राराक्षेत्र गुल्जार बनेको छ भने रारातालको सौन्दर्य बढाएको छ । यस वर्ष पहिलोपल्ट साइबेरियाबाट कमन मोरियन जातको चरा आएको छ ।
९ रुपैयाँको नुन किन्न २५ सय खर्च
९ रुपैयाँको नुन किन्न २५ सय खर्च ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पुर्या‍इनेछ। सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ। अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ। 
मासु र मदिरा नचल्ने माङ्सेबुङ
मासु र मदिरा नचल्ने माङ्सेबुङ यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । 'कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन,' स्थानीय अग्रज  केहेरसिंह योङहाङले भने । उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।
Weather Update