News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
काठमाडौं नजिकै भेटियो डाँफे जोडी काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो। हामीलाई पनि यस्तै लागेको थियो। तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो। जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ।    
‘द डार्क फाइल’ प्रकरण: प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको नाङ्गो हस्तक्षेप
‘द डार्क फाइल’ प्रकरण: प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको नाङ्गो हस्तक्षेप न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सिधाकुरा टिमलाई बयानमा बोलाएको छ। यो मुद्दा अदालतको फौजदारी दायरी (मुल्तबीमा रहेको मुद्दामामिला)मा दर्ता गर्ने र त्यसैअनुसारको प्रक्रिया अवलम्बन गरी सिधाकुरा टिमका सदस्यहरूलाई बयानमा बोलाउने आदेशमा उल्लेख गरिएको छ। विवादित प्रकरण पुष्टि गर्ने पर्याप्त आधार र प्रमाण भए वैशाख २० गते बिहान...
टिकटक बन्द गर्दा नेपालले के गुमायो? 
टिकटक बन्द गर्दा नेपालले के गुमायो?  सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भीपीएनको प्रयोग ह्वात्तै बढेको छ। नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि वैकल्पिक उपायको खोजीमा फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राखिरहेका छन्। इन्टरनेटमा उपलब्ध हुने फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम बढेको...
अब चीन जान नेपालीलाई भिसा शुल्क नलाग्ने  
अब चीन जान नेपालीलाई भिसा शुल्क नलाग्ने   छिमेकी देश चीनले नेपालीलाई भिसा शुल्क नलिने भएको छ। आगामी मे १ तारिखबाट नेपालीलाई यसअघि लिँइदै आइएको भिसा शुल्न नलिने नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भिसा शुल्न नलिने घोषणा गरेको दूतावासले जनाएको छ। 
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान
पञ्जाब र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा ब्याट्सम्यानहरूले रनको वर्षा गरिरहेका छन्। गएराति सम्पन्न पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स बीचको खेलमा पनि रनको वर्षा भएको छ। कोलकाताले दिएको २६२ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा नै २ विकेट गुमाएर पुरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो। 
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।  
१० कक्षामा पढ्ने विद्यार्थीले बनाए विद्युतीय कार
१० कक्षामा पढ्ने विद्यार्थीले बनाए विद्युतीय कार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्।  १० कक्षामा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन्। 
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शमशेरगन्ज सब-डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए। तर कति सङ्ख्यामा मरे भन्ने...
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जनाएको छ। बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरूको प्रारूप छनोट, कार्यान्वयन एवं...
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद ! 
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !  अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचीन इतिहासको केही अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरू र आम जनतालाई धन्यवाद दिएका हुन्।  
राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, शेखले भने– पहल गरिरहेका छौँ
राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, शेखले भने– पहल गरिरहेका छौँ इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए।  
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर
जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन्। ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट...
Weather Update