News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सको आन्तरिक उडान पूर्ण रुपमा बन्द
नेपाल एअरलाइन्सको आन्तरिक उडान पूर्ण रुपमा बन्द दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरकि उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी
लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ ।
रवि लामिछानेको सांसद पद स्वत निलम्बनमा
रवि लामिछानेको सांसद पद स्वत निलम्बनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ। लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।
‘अचम्मै पो भो ! हिउँ नै परेन’
‘अचम्मै पो भो ! हिउँ नै परेन’ हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् ।  स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र...
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । 
जाडोमा यसरी गरौँ छालाको स्याहार
जाडोमा यसरी गरौँ छालाको स्याहार निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । 'हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ,' उनले भने। 
सूर्यदर्शन सहकारी ठगी : ४० करोड बिगो बढाएर १९ विरुद्ध मुद्दा दर्ता, जीबीलाई क्रिप्टोको पनि अभियोग
सूर्यदर्शन सहकारी ठगी : ४० करोड बिगो बढाएर १९ विरुद्ध मुद्दा दर्ता, जीबीलाई क्रिप्टोको पनि अभियोग जिल्ला अदालतबाट यसअघि ४ दिनको म्याद लिएकाले सरकारी वकिल कार्यालयले अब आइतबार अभियोग पत्रसाथ उनीहरूलाई अदालतमा उपस्थित गराउन पर्छ। उनीहरूविरुद्ध पनि सरकारी वकिल कार्यालयले कम्तिमा ३ वटा कसुरमा अभियोग पत्र दायर गर्ने तयारी गरेको छ। केहीको हकमा क्रिप्टो कारोबारमा समेत अभियोग पत्र दायर हुने भएको छ।
टीआरसी आयोगमा पदाधिकारी छिटो टुंग्याउन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको प्रधानमन्त्रीलाई पत्र
टीआरसी आयोगमा पदाधिकारी छिटो टुंग्याउन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको प्रधानमन्त्रीलाई पत्र मानवअधिकारका क्षेत्रमा काम गर्ने तीन अन्तर्राष्ट्रिय संस्थाहरूले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।
द्वन्द्वपीडित समुदायको अपील- पदाधिकारी सिफारिस गर्न नसक्ने समिति फेरि नबिउँताइयोस्
द्वन्द्वपीडित समुदायको अपील- पदाधिकारी सिफारिस गर्न नसक्ने समिति फेरि नबिउँताइयोस् संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी र सदस्यहर सिफारिस नै नगरी समिति भंग भएको विषयलाई द्वन्द्वपीडित समुदायले द्वन्द्वपीडितहरूको न्यायिक अधिकारमाथि तुसारापात भएको बताएको छ।२० वटा द्वन्द्वपीडित समाजले विज्ञप्ती जारी गरेर पदाधिकारी सिफारिस नै नगरी समिति भंग हुनुले सरकार द्वन्द्वपीडितको न्यायको पक्षमा नरहेको पुष्टी भएको निष्कर्ष निकालेको छ।
हिरासतभित्रको तस्बिर बाहिर ल्याउनेलाई के हुन्छ कारबाही?
हिरासतभित्रको तस्बिर बाहिर ल्याउनेलाई के हुन्छ कारबाही? सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि कास्की प्रहरीले तस्बिर बाहिर ल्याउनेलाई कारबाही गरिने बताएको छ।
लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो : कुलमान
लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो : कुलमान उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भए पनि मुख्य कारण अपर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताए। उद्योगहरूमा भइरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए। उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुक्खायाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए।
दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम गर्ने बाटो खुल्यो, बैंकलाई तिरेनन् दुई अर्ब ऋण
दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम गर्ने बाटो खुल्यो, बैंकलाई तिरेनन् दुई अर्ब ऋण बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मङ्गलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
Weather Update