बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?शुक्रबार, असोज १८, २०८१
दसैँ अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय शुक्रबार, असोज १८, २०८१ हिन्दुहरूको महान् पर्व बडादसैँको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्ग्याउने प्रचलन छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ।
मारवाडीको कब्जामा रहेको धर्मशाला २१ वर्षपछि पशुपतिनाथको स्वामित्वमा आयो बिहीबार, असोज १७, २०८१ काठमाडौं जिल्ला अदालतले २०६० सालमा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो।
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान बिहीबार, असोज १७, २०८१ गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ।
ललितपुरका विपद्पीडितको रोदन– राहत लिएर कोही किन आउँदैनन् ? बिहीबार, असोज १७, २०८१ हामीलाई राहत दिन आउनुभएको हो?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो। ‘होइन नी हामी त तपाईंहरूको अवस्थाबारे रिपोर्टिङ गर्न आएको,’ जवाफले एक्कासि अँध्यारो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी।’
नेपाल–बंगलादेशबीच सम्झौता, बंगलादेशमा बिजुली व्यापार गर्ने बाटो खुल्यो बिहीबार, असोज १७, २०८१ नेपाल र बंगलादेशबीच बिहीबार विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको हो।
झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा बिहीबार, असोज १७, २०८१ गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए। आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैँका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको साहरा पनि गुमायो।
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी? बुधबार, असोज १६, २०८१ विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ। विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ।
विकल दम्पतीविरुद्ध झण्डै दुई अर्ब मागदाबीसहित मुद्दा दायर मंगलबार, असोज १५, २०८१ राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकको स्विकृति बिना विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ करोड मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर मंगलबार, असोज १५, २०८१ सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो। लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए। गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो।
हवाई उडानमा नयाँ रेकर्ड कायमः सोमबार भए साढे ५ सय उडान मंगलबार, असोज १५, २०८१ काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो।
जारको पिउने पानीमा दिसापिसाबका कीटाणु, यी हुन् कारबाहीमा परेका उद्योग सोमबार, असोज १४, २०८१ सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ।
शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा : २५ ठाउँको रेकर्ड ब्रेक आइतबार, असोज १३, २०८१ मौसमविद् गोविन्द झाका अनुसार ती ठाउँहरूमा मापन केन्द्र स्थापना भएदेखि यताकै सर्वाधिक वर्षा भएको हो।सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो। त्यसआधारमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा शनिबार ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भयो।