'भीभीआईपी'को विदेश भ्रमणको बिदाइ र स्वागतको लर्को हट्नेआइतबार, मंसिर १६, २०८१

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारण लाइनमा जोडिने शनिबार, मंसिर १५, २०८१ आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो। परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ।
शरद ऋतुमा १२ सय बढीलाई हिमाल आरोहण अनुमति, ८ करोड रोयल्टी उठ्यो शुक्रबार, मंसिर १४, २०८१ यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए। उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका ४८१ जनाले अनुमति लिएका छन्।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती शुक्रबार, मंसिर १४, २०८१ कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन्। चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् ।

अन्तःशुल्क स्टिकर प्रकरणमा विकल र सफललाई ८ वर्ष कैद बिहीबार, मंसिर १३, २०८१ यस्तै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टङ्कप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रविन्द्रप्रसाद पौड्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

कस्तो बन्यो 'टिम ट्रम्प' ? बुधबार, मंसिर १२, २०८१ आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन्। उनले ह्वाइटहाउसको कमान्ड सम्हाल्न अझै डेढ महिनाभन्दा बढी समय बाँकी छ। दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेका ट्रम्पले आफ्नो टिम भने निर्माण गरिसकेका छन्।

विद्यालय परिसरमै कुखुरा पालेर आम्दानी गर्दै विद्यार्थी बुधबार, मंसिर १२, २०८१ विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ। विद्यालयले मौरीपालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ। साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ।

बुढापाकालाई गाउँ रित्तिने चिन्ता बुधबार, मंसिर १२, २०८१ बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्।

अस्वस्थ बन्दै काठमाडौंको हावा, सावधानी अपनाउन सुझाव मंगलबार, मंसिर ११, २०८१ काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा वायु प्रदूषण बढेको छ। नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म प्रदूषण धेरै हुने गरेको छ। वायु प्रदूषणका कारण केही दिनयता विशेषगरी बिहानको समयमा आकाश धुम्मिने गरेको छ र काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा तुँवालो लाग्ने गरेको छ भने पश्चिम तराईका केही स्थानमा कुहिरो र पुर्वी तराईका भूभागमा...

सर्वोच्चमा ४ र उच्चमा १८ न्यायाधीश पद रिक्त, न्याय सेवा प्रभावित मंगलबार, मंसिर ११, २०८१ गत असोजको तेस्रो साता प्रधानन्यायाधीश बनेका प्रकाशमान सिंह राउतले न्यायालयलाई चुस्त दुरुस्त राख्न रिक्त सबै पदमा तदारुकताका साथ नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। राउत प्रधानन्यायाधीश बनेयता परिषद्को बैठक पटक–पटक बसेको छ, तर न्यायाधीश भने नियुक्ति हुन सकेको छैन।

निगमका पाइलटको हडताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र आइतबार, मंसिर ९, २०८१ करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले केही दिनदेखि हडताल सुरु गरेका कारण शुक्रबारयता दर्जनौं उडान प्रभावित हुन थालेका छन्।

मन्त्रिपरिषद्मा पेस भयो प्रहरी विधेयक, १६ वर्ष सेवापछि अवकाश लिन पाउने सुविधा आइतबार, मंसिर ९, २०८१ गृह मन्त्रालयअन्तर्गत कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेस गरेको बताए। उनले यसमा सर्वोच्च अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनसमेत गरिएको बताए।

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा आइतबार, मंसिर ९, २०८१ आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ। कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो। तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको...