News Griha :: न्यूजगृह
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । 
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ। पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बीबी) स्कोर प्राप्त गरेको छ ।
पोखरामा पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पोखरामा पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’ पोखरा पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ। प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍याफ्‌टिङ, हट एयर बेलुन लगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन्।
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
सुकुटी बेचेर मासिक दुई लाख आर्जन बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन्। राँगाको मासुबाट बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि व्यापार फस्टाएको छ।
बगेर खेर गइरहेछ भोटको नुन
बगेर खेर गइरहेछ भोटको नुन मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो’, उनले भने, ‘आयोडिन मिसाएको नुन आउन थालेपछी हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ।’ 
पूर्वी तराईमा भक्का खानेको भीड
पूर्वी तराईमा भक्का खानेको भीड भक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ। चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं. ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउँछन्। राजवंशी समुदायको मौलिक खानेकुरा भक्का अब सबै समुदायको साझा परिकार भएको उनी बताउँछन्।
शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा द्वन्द्वपीडित
शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा द्वन्द्वपीडित द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ।
घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अरू जिल्लामा कति ?
घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अरू जिल्लामा कति ?  गत कात्तिकमा देशभर ९७ हजार १९६ घरजग्गाको कारोबार भएको छ। चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गएको असोजमा एक लाख ८४८ कारोबार भएको थियो।
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल नेपालबाट १४ करोड ९२ लाख बराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ टन कफी आयात भएको छ। यो आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क हो। 
उद्घाटनसँगै बन्द भयो कोरला अध्यागमन कार्यालय
उद्घाटनसँगै बन्द भयो कोरला अध्यागमन कार्यालय आवश्यक तयारी बिनानै उद्‌घाटन गरिएको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय अर्को दिन देखिनै बन्द छ। कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको जम्बो टोली पुगेर तामझामसहित कार्यालय उद्‌घाटन गरेका थिए। तर उद्घाटनको भोलिपल्टदेखि नै कार्यालय बन्द छ।
जाडो छल्न आगन्तुक चरा चितवनमा
जाडो छल्न आगन्तुक चरा चितवनमा जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ। चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइबेरिया, रुस लगायतका देशबाट चराहरू यहाँ आएका हुन्।
दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने
दाङमा विद्यार्थी र शिक्षकले जंकफुड खान नपाउने दाङको शान्तिनगर गाउँपालिका २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरमा विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि पनि जंकफुड  निषेध गरिएको छ। जंकफुड खाएर विद्यार्थीहरू धेरै बिरामी हुन थालेपछी विद्यालयमा समिति  नै गठन गरेर जंकफुड  निषेध गरिएको हो।
Weather Update