मादलले बजार पाएपछि जुठे बादी प्रसन्न शनिबार, कात्तिक १७, २०८१

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, गृहमन्त्री लेखकले गरे उद्घाटन बुधबार, कात्तिक १४, २०८१ उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ।बुधबार बिहान कोरला नाकामा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन्।

डेडिकेटेड र ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकार बुधबार, कात्तिक १४, २०८१ सरकारले विद्युत् महसुल बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए।

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव आइतबार, कात्तिक ११, २०८१ अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याक शनिबार, कात्तिक १०, २०८१ शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ। सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जंगली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ।

मिठो परिकारका लागि मुसाको सिकार! शुक्रबार, कात्तिक ९, २०८१ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्न निकै निपुण छन्। उनी बिल (दुलो) हेरेर नै त्यहाँ मुसा भए/नभएकोपत्ता लगाउँछन्। मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्।

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय बिहीबार, कात्तिक ८, २०८१ सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्। यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् ।

आमा सम्झाउने ‘मातृचक्र’ बिहीबार, कात्तिक ८, २०८१ सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ। प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ। आमा शब्द भावनासँग जोडिएको छ। आमाको बारेमा धेरै साहित्य लेखिएका छन्।

न घर छ न डेरा, दरबारमार्ग र ठमेलका चिसो भुइँमा खुला आकाशमुनि बित्छन् रात मंगलबार, कात्तिक ६, २०८१ मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा। उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ।दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकासमुनि रात बिताउँछन्। तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउने गर्छन्।

ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती सोमबार, कात्तिक ५, २०८१ उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौंसम्म जाने गरेको छ। उनले ड्रागन फ्रुट प्रतिकिलो तीन सय ५० र सयपत्री फूल प्रतिकेजी दुई सय ५० मा बिक्री सुरु गरेका छन्। यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन्।

बागलुङको छुर्पी अमेरिका निर्यात सोमबार, कात्तिक ५, २०८१ पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ।

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’ आइतबार, कात्तिक ४, २०८१ यसपटकको शरद याममा पनि उनी घुमफिरमै व्यस्त छन्। यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गरे। चार दिनपछि धवलागिरि हिमालको फेदमा पुग्ने उनको योजना छ।

मकै बेचेर जीवन निर्वाह आइतबार, कात्तिक ४, २०८१ इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ। दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन्।