मसानघाट नै अतिक्रमणमाबुधबार, भदौ २६, २०८१
नेपालमा आत्महत्या गर्नेको सङ्ख्या डरलाग्दो मंगलबार, भदौ २५, २०८१ तपाईं पत्याउनु हुन्छ? नेपालमा हुने सडक दुर्घटनामा ज्यान गुमाउने सङ्ख्याभन्दा दैनिक आत्महत्या गरेर ज्यान गुमाउने सङ्ख्या धेरै छ।सरकारी तथ्याङ्क अनुसार नेपालमा आत्महत्याबाट दैनिक २० जनाले ज्यान गुमाउँछन्। आत्महत्याबाट हुने यो मृत्युको सङ्ख्या कहिलेकाहीँ आकस्मिक रूपमा हुने सडक दुर्घटनाबाट हुने मृत्युको सङ्ख्याभन्दा डर लाग्दो सङ्ख्या हो।
वडाध्यक्ष नै वैदेशिक रोजगारीमा, फर्काउन वडावासीको माग मंगलबार, भदौ २५, २०८१ सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग गरेका छन्।एकवर्षदेखि वडाध्यक्षविहीन बनेका वडावासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन्।
उपसभामुख रानालाई महाभियोग लगाउने सत्तारूढ दलको तयारी मंगलबार, भदौ २५, २०८१ सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध प्रस्ताव पेस गर्ने निर्णय गरेका हुन्।
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला मंगलबार, भदौ २५, २०८१ सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।
मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने सोमबार, भदौ २४, २०८१ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने भएको छ।चुमनुब्री गाउँकार्यपालिका बैठकको निर्णय र चुमनुब्री गाउँपालिकाको आर्थिक ऐन (२०८१) बमोजिम मनास्लु संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकबाट पदयात्रा शुल्क लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
बागलुङको मस गाउँमा एक वर्षमै फल्यो विदेशी स्याउ सोमबार, भदौ २४, २०८१ सडकको बायाँपट्टि ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरीथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ। वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो।
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम सोमबार, भदौ २४, २०८१ नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको ।निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ।
कांग्रेस लुम्बिनी प्रदेश सांसद डीबी केसी कारागार चलान आइतबार, भदौ २३, २०८१ रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिए। रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले प्रदेश सांसद केसीलाई अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलान गरिएको बताए।
पूर्व अनुमतिबिना प्रहरी कर्मचारीलाई बाहिरी भेटघाट गर्न रोक आइतबार, भदौ २३, २०८१ प्रहरी प्रधान कार्यालयले आइतबार आन्तरिक परिपत्र गरी तालुक कार्यालयको स्वीकृतिविना कसैले अमुक व्यक्ति तथा शक्ति केन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो । प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लङ्घन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो आइतबार, भदौ २३, २०८१ गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।
मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबीबीएसको छात्रवृत्ति आइतबार, भदौ २३, २०८१ पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकसाथ हर्ष र खुसी छाएको हो ।
हिमताल ‘काल’ बन्ने जोखिम आइतबार, भदौ २३, २०८१ गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो ।