कोप के हो?, यस्ता छन् कोप–२९ का प्राथमिकताबुधबार, कात्तिक २८, २०८१

फिरन्ते जीवन बाँच्दै आएका राउटेको अस्तित्व सङ्कटमा, जनसङ्ख्या १३५ मात्रै मंगलबार, कात्तिक २७, २०८१ आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन्। 'हाम्रा बाजेहरूको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ,’ मुखिया शाहीले भने, ‘हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले।’
![विद्युत् महसुल बक्यौताबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/urja_mantralaya-1722783615.jpg)
विद्युत् महसुल बक्यौताबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ] सोमबार, कात्तिक २६, २०८१ सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।

आजदेखि कोप-२९, नेपालले प्रस्तुत गर्नेछ जलवायुजन्य जोखिमका उदाहरण सोमबार, कात्तिक २६, २०८१ अझै पनि त्यो घटना सपना झैं लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि। ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौं’, उनी भन्छन्, ‘अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा छन् यहाँका बासिन्दा ।’

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङ पक्राउ कहिले? सोमबार, कात्तिक २६, २०८१ प्रतिनिधिसभाका सदस्य सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रार कार्यालय हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकामा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको छ’ भनिएको छ।

इलन मस्कको स्टारलिंक नेपालमा सेटेलाइट इन्टरनेट सेवा प्रदान गर्न इच्छुक शनिबार, कात्तिक २४, २०८१ विश्वका धनाढ्य इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई केही समय अघि भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले ‘नेपालमा काम गर्न इच्छुक रहेको’ बताएकी हुन्।

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, तत्काल स्थानान्तरण गर्न माग शुक्रबार, कात्तिक २३, २०८१ धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्। डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ।

‘हातमा सीप भए रोजगारीका लागि विदेशिनु पर्दैन’ शुक्रबार, कात्तिक २३, २०८१ राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गरेका छन्। एघार वर्षदेखि बेतका फर्निचर बनाउँदै आएका उनले मासिक ८० हजारसम्म आम्दानी हुने गरेको बताए। उनले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गरेका छन्।

प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र, जापान लग्न १० देखि १३ लाख सङ्कलन शुक्रबार, कात्तिक २३, २०८१ कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको नेतृत्वमा जापान जाने युवाहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलासा भएको छ। दुई जनालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कर्मचारी र एक जनालाई वडा सदस्यका रूपमा जापान उडाइएको प्रहरी अनुसन्धानमा खुलेको हो।

निरीक्षकले फेल बनाएका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले गर्यो पास बिहीबार, कात्तिक २२, २०८१ खोटाङको केपिलासगढी गाउँपालिका– ५, सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए। उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उनी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको छ।

छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने बुधबार, कात्तिक २१, २०८१ पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ। यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौं उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ। उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ।

मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान सोमबार, कात्तिक १९, २०८१ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ। केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ। मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ।

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै सोमबार, कात्तिक १९, २०८१ मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी–चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो। हुन त हिन्दु नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ।