News Griha :: न्यूजगृह
हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान रोकियो

हुम्ला— हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।   

हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए । योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १८:१५
Weather Update