News Griha :: न्यूजगृह
मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल तस्बिर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आइतबार दिउँसो अख्तियारले सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

लामो अनुसन्धानपछि अर्याल तत्कालीन सञ्चार सचिव रहँदा पदको दुरुपयोग गरी राष्ट्रलाई हानी पुर्याएको निष्कर्षमा अख्तियार पुगेको हो। 

त्यस्तै टेरामक्स खरिद प्रकरणमा पनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा अख्तियार रहेको छ।  

अर्यालविरुद्ध मुद्दा परेसँगै उनी स्वतः निलम्बनमा परेका छन्।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन्। उनी २०८० साल जेठ ३२ गते मुख्यसचिवमा नियुक्त भएका थिए। 

त्यस्तै उनीसहित अन्य जनालाई समेत उक्त मुद्दामा प्रतिवादी बनाइएको छ।  त्यस्तै उनीसहित रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मा लगायत १२ जनालाई प्रतिवादी बनाइएको छ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ।

अख्यितयारले त्यसको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:१८
Weather Update