News Griha :: न्यूजगृह
कोशी सरकार गठनविरुद्धको रिट खारेज

काठमाडौं— कोशी प्रदेशको सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो। 

त्यससँगै हालका मुख्यमन्त्री हिक्कमतकुमार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ।  

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई वैशाख २६ गते पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा प्रदेश प्रमुख परशुराम खापुङ्गले  एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

त्यसको विरुद्ध केदार कार्कीले रिट दायर गरेका थिए। उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गराइ आफूलाई पुनः मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दायर गरेको रिट खारेज भएको हो। यससँगै वर्तमान सरकारलाई कामकारबाहीमा सहजता भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:२१
Weather Update