News Griha :: न्यूजगृह
स्वयम्भू र चन्द्रागिरीबाट १४ जुवाडे पक्राउ 

काठमाडौं— काठमाडौंका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले चन्द्रागिरी नगरपालिका–५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ५ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। 

यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाउ डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका–६ घर भएका ५० वर्षीय वाच्छु तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो। 

उनीहरुको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:२२
Weather Update