News Griha :: न्यूजगृह
सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

डोटी— कोदालो प्रहार गरी सहोदर दाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाइ गणेशबहादुर जोराको हत्या गरेका हुन्।

घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो।

नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:०१
Weather Update