News Griha :: न्यूजगृह
जलबिरेमा पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

काठमाडौं— पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ। 

गएरातिदेखि परेको अविलर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले पुष्टि गरे। उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। 

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए।

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा धनजनको क्षति भएको छ। 

लमजुङमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। त्यस्तै देशका विभिन्न ३२ स्थानहरुमा अविरल वर्र्षासहित बाढीपहिरोको जोखिम रहेको भन्दै राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले सकर्तकता अपनाउन आग्रह गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:१५
Weather Update