News Griha :: न्यूजगृह
आज देशका ३२ स्थानमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर

काठमाडौं— बुधबार दिउँसो देशका विभिन्न ३२ स्थानहरुमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

आज बिहान ११ बजेदेखि ती स्थानहरुमा वर्षा भइरहेको र सतर्कता अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। 

कहाँ कहाँ छ वर्षा र बाढीको जोखिम? 

माडी (चितवन), नेचासल्यान (सोलुखुम्बु), रैनादेवी छहरा–७ (पाल्पा), चौदण्डीगढी–५, (उदयपुर), शिवसताक्षी–१० (झापा), कचनाकवल–४ (झापा), लहान–१५ (सिरहा), बेसीशहर–१० (लमजुङ) पोखरा लेखनाथ–१४ (कास्की) बेसीशहर–१० (लमजुङ), धरान–१५ (सुनसरी), सुन्दरहरैँचा–१ (मोरङ), विर्तामोड–५ (झापा), बेलका–८ (उदयपुर) लगायतका स्थानमा वर्षा र बाढी पहिरोको जोखिम रहेको जनाइएको छ। 

त्यसैगरी आज दुहवी–३ सुनसरीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। भने मौसम पूर्वानुमान शाखाका अनुसार बिहान ८ः ४५ बजेसम्मको आँकडा अनुसार सबैभन्दा धेरै विराटनगरमा ३६१ मिलिमिटर, पोखरामा १४० दशमलव ९ मिलिमिटर वर्षा भएको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा धनजनका क्षति भएको छ। विराटनगरका विभिन्न स्थान वर्र्षापछि आएको बाढीका कारण डुबानमा परेका छन् भने लमजुङमा पहिरोमा परी ४ जनाको मृत्यु भइसकेको छ। त्यस्तै वर्षाका कारण खसेको पहिरोले देशका विभिन्न स्थानको सडकमा क्षति पुगी यातायात अवरुद्द भएको छ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:५३
Weather Update