News Griha :: न्यूजगृह
विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित 
सांकेतिक तस्बिर

काठमाडौं— अविरल वर्षापछि खोलामा आएको बाढी पार्किङ क्षेत्रमा पस्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ। 

बुधबार बिहान विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको हो।

पानी सुकेपछि मात्रै उडानको काम सुरु हुने बताइएको छ। 

बास्ता खोलामा आएको बाढीको पानी ओभर फ्लो भएर विमानस्थलमा पसेपछि हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको हो।  

गएरातिदेखि परेको वर्षाले विराटनगरका अधिकांश भुभाग जलमग्न भएका छन्। विराटनगर महानगरका  १९ वटै वडा डुबानमा परेका छन्। 

डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन्। सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:५६
Weather Update