News Griha :: न्यूजगृह
कोशी सरकार गठनविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा 

काठमाडौं— कोशी सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। 

यसअघि हिजो पनि पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो। तर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएकोमा आज टुंगो लाग्ने अपेक्षा राखिए पनि आज पनि टुंगो लाग्न नसकेको हो। 

सर्वोच्च अदालतका न्यायाधीशत्रय अब्दुल अजिज मुसलमान, कुमार रेग्मी र डा.नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भए पनि रिट निवेदकले जवाफ दिन बाँकी छ। 

आज प्रतिवादी बनाइएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट बहस भएको थियो। आज बहसपछि भोलि (मंगलबार) जवाफ दिनका लागि रिट निवेदक पक्षको माग अनुसार आज सुनुवाइ नसकिएको हो। त्यस्तै भोलि मुख्यमन्त्रीको तर्फबाट एक जनाले बहस गर्ने र रिट निवेदकका तर्फबाट जवाफ दिने तयारी रहेको छ। 

उक्त रिटमाथिको सुनुवाइ सकिएर भोलि नै त्यसको फैसला आउन सक्नेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:२१
Weather Update