News Griha :: न्यूजगृह
फणीन्द्र देवकोटाको रिटमा सकिएन बहस, आज ‘हेर्दाहेर्दै’ मा राखियो 

काठमाडौं— मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा परेको छ। 

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर धेरै कानुन व्यवसायीहरुले बहस गर्नुपर्ने भएकाले सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो। 

गत असार ६ गते बिहीबार देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय राखेजीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। गत निर्वाचनमा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो।

उनी बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता हुन्। तर माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएपछि माओवादीले आफ्नो सांसद रहेको दाबी गर्दै आइरहेको छ। माओवादीले पाण्डेलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकोमा देवकोटाले विश्वासको मतको पक्षमा मतदान गरेपछि मन्त्री समेत बनिसकेका उनलाई माओवादीले कारबाही गरेपछि पदमुक्त भएका हुन्। 

उनले आफूलाई प्रदेश सभा सदस्यको रुपमा काम गर्ने बाटो खुला गर्नेसहित कारबाहीको निर्णय उल्ट्याउन माग गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:३२
Weather Update