News Griha :: न्यूजगृह
बालयौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर 

काठमाडौं— आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन्। 

सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो। तर उनको कसुर निर्धारण भने आगामी असार १७ गते मात्रै हुनेछ। 

सिन्धुपाल्चोक र सर्लाहीका विभिन्न स्थानमा आश्रम खडा गरी त्यहाँ जाने आनीहरुलाई जबरजस्ती करणी गर्ने, बेपत्ता पर्ने लगायतका कार्य गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

बाल यौन दुराचार तथा व्यक्ति बेपत्ता पारिएको उजुरी विभिन्न जिल्लामा परेपछि उनी फरार रहेका थिए।  उनलाई २०८० पुस २४ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो। 

प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका हुन्। सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:०४
Weather Update