एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालयआइतबार, भदौ २, २०८१
एनसेल सेवामा समस्या, कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध सोमबार, साउन २८, २०८१ आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशीघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ।
नेपालको मुनाल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने आइतबार, साउन २७, २०८१ नेपालले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ।भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडबीच शनिबार नयाँ दिल्लीमा उक्त सहयोगका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण शनिबार, साउन १९, २०८१ भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्।करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी शनिबार, साउन ५, २०८१ एक्सका मालिक इलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन्। एक्समा नरेन्द्र मोदीका फलोअर्सको सङ्ख्या १० करोड नाघेको छ।
माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एअरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित शुक्रबार, साउन ४, २०८१ माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ।
मङ्गलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म एनटीसीको सिमकार्डमा रिचार्ज नहुने मंगलबार, असार २५, २०८१ बिलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मङ्गलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरू प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ।
‘नेपाली पात्रो’ गूगल प्ले स्टोरमा १ करोड पटक डाउनलोड सोमबार, असार २४, २०८१ नेपालको पहिलो बिक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप ‘नेपाली पात्रो’ गूगल प्लेस्टोरमा १ करोड पटक डाउनलोड पूरा गर्न सफल भएको छ।
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर सोमबार, असार १०, २०८१ मेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासाविरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ। मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो।
बंगलादेशमा अनौठो घटना- एउटै आईएमईआई नम्बरका डेढ लाख भन्दा बढी फोन प्रयोगमा! सोमबार, असार ३, २०८१ मोबाइल टेक्नोलोजीको आधारभूत ज्ञान भएका सबैलाई थाहा छ कि प्रत्येक मोबाइल फोनको एक युनिक नम्बर हुन्छ जसलाई आईएमईआई (IMEI) नम्बर भनिन्छ । फोन हराए वा चोरी भएमा यो नम्बर खोजिन्छ । त्यसैको सहयोगले कैयौँ पटक प्रहरीले चोरलाई पनि समात्छ । यद्यपि प्रत्येक मोबाइल फोनको आईएमईआई नम्बर फरक हुन्छ, तर हामी...
विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक ‘डाटा सेन्टर’ बुधबार, जेठ ३०, २०८१ नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डाटा सेन्टर’ सञ्चालनमा ल्याएको छ।प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो।
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै बिहीबार, जेठ २४, २०८१ सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ।आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘क्लिक’ गरेर सो सेवाको शुभारम्भ गरे। आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी...
चीनको चन्द्र मिसन: २ किलो माटो लिएर फर्किदै चाङइ–६ बिहीबार, जेठ २४, २०८१ चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान केन्द्र बनाउन चाहन्छ। विज्ञहरूका अनुसार चाङ्गे–६ ल्यान्डरले ल्याएको नमूनाले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग दिनेछ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा प्रयोग गरिनेछ।