News Griha :: न्यूजगृह
भरपर्दो इन्टरनेट सेवा नदिने सेवा प्रदायकलाई कारबाही गरिने
भरपर्दो इन्टरनेट सेवा नदिने सेवा प्रदायकलाई कारबाही गरिने नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो इन्टरनेट सेवा उपलब्ध नगराउने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको बताउँदै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको सर्त बमोजिम भरपर्दो एवम् गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता
इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा बिहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौँ नेपाली सेवाबाट बन्चित भए।वर्ल्ड लिंक, सुबिसु, भायानेटसहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास जारी रहेको बताइरहँदा इन्टरनेटका माध्यमबाट कारोबार गरिरहेका व्यवसायीहरु मारमा परे। 
भारतबाट इन्टरनेटको लिङ्क काटिएको भन्दै सेवाप्रदायकले उपभोक्तालाई ठगेका हुन्? 
भारतबाट इन्टरनेटको लिङ्क काटिएको भन्दै सेवाप्रदायकले उपभोक्तालाई ठगेका हुन्?  नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवाप्रदायकहरू र २३ वटा नेटवर्क सेवाप्रदायकमध्ये केही इन्टरनेट सेवाप्रदायकबाहेक अन्य दूरसञ्चार सेवाप्रदायकले नियमअनुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएका सेवाप्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको पनि मन्त्रालयले जनाएको...
एयरटेलले इन्टरनेट लिङ्क काटिदिँदा नेपालमा सेवा प्रभावित
एयरटेलले इन्टरनेट लिङ्क काटिदिँदा नेपालमा सेवा प्रभावित केही दिनअघि मात्रै आइस्पानले पत्रकार सम्मेलन गरी कुनै पनि समय इन्टरनेट काटिनसक्ने चेतावनी दिएको थियो। भारतीय कम्पनी एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी आफूहरूलाई पत्र पठाएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले कार्यक्रममा बताएका थिए।
सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन्।सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ। सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा  योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोकृष्टलाई  पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।
टिकटक बन्द गर्दा नेपालले के गुमायो? 
टिकटक बन्द गर्दा नेपालले के गुमायो?  सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भीपीएनको प्रयोग ह्वात्तै बढेको छ। नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि वैकल्पिक उपायको खोजीमा फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राखिरहेका छन्। इन्टरनेटमा उपलब्ध हुने फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम बढेको...
अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी
अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी गुगलको मुख्य कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ। शुक्रबार अल्फाबेटको शेयर मूल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो।अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो। योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ।
समुन्द्रमा बिछ्‌याइएको अप्टिकल फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट
समुन्द्रमा बिछ्‌याइएको अप्टिकल फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउँछौ। इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन्। कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ।पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ।...
कल सेन्टरमा एआईको प्रयोग, लाखौं बेरोजगार हुँदै
कल सेन्टरमा एआईको प्रयोग, लाखौं बेरोजगार हुँदै आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ।एआईको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्न थाल्छ। एक प्रतिवेदनले आगामी दुई वर्षमा कल सेन्टरमा मानिसको आवश्यकता नपर्ने दाबी गरेको छ। एआईले मानिसहरूको ठाउँमा काम गर्नेछ। 
चिनियाँ वैज्ञानिकले बनाए सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री
चिनियाँ वैज्ञानिकले बनाए सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत इलेक्ट्रोनिक उपकरणलाई पनि शक्ति दिने नरम र सास फेर्न सक्ने कपडाको विकास गरेको छ।‘पोलिमर जेल इलेक्ट्रोलाइट्स’ सँग परम्परागत तरल इलेक्ट्रोलाइट्स प्रतिस्थापन पहिरन योग्य ब्याट्रीको लचिलोपन वृद्धि गर्नका लागि अत्यन्त प्रभावकारी रणनीति हो। पोलिमर जेल इलेक्ट्रोलाइट्स ऊर्जा...
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानो स्याटेलाइट प्रक्षेपण
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानो स्याटेलाइट प्रक्षेपण सन २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीय रूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ। 
Weather Update