News Griha :: न्यूजगृह
अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी

काठमाडौं— गुगलको मुख्य कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ। शुक्रबार अल्फाबेटको शेयर मूल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो।

अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो। योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ।

Prabhu Bank

अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रिलियन डलरको कम्पनी रहेको छ र विश्वमै सबैभन्दा ठुलो कम्पनी रहेको छ। त्यस्तै एप्पल २.६ ट्रिलियन डलरसहित सबैभन्दा ठुलो कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै सफ्टवेयर कम्पनी एनभिडिया २.२ ट्रिलियन डलरको कम्पनी रहेको छ।

त्यस्तै अहिले अमेजन १.८ ट्रिलियन डलर सहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलियन डलर कम्पनी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:४२
Weather Update