News Griha :: न्यूजगृह
समुन्द्रमा बिछ्‌याइएको अप्टिकल फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट

काठमाडौं— धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउँछौ। इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन्। कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ।

पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ। समुन्द्र मुनि बिछ्‌याइएको फाइबर अप्टिकल केबलमा अवरोध भएको समाचार आएको छ। 

Prabhu Bank

समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिङ्गापुर लगायत एसियाका धेरै देशहरूमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन्।

प्राप्त जानकारी अनुसार सिङ्गापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिकल केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ। यी तार मर्मत गर्न महिनौँ लाग्ने बताइएको छ। 

यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेसन लिमिटेड र ट्रान्स वर्ल्डको सेवा ठूलो मात्रामा अवरुद्ध भएको छ। पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:०६
Weather Update