विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक ‘डाटा सेन्टर’ बुधबार, जेठ ३०, २०८१
अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै बिहीबार, जेठ २४, २०८१ सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ।आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘क्लिक’ गरेर सो सेवाको शुभारम्भ गरे। आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी...
चीनको चन्द्र मिसन: २ किलो माटो लिएर फर्किदै चाङइ–६ बिहीबार, जेठ २४, २०८१ चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान केन्द्र बनाउन चाहन्छ। विज्ञहरूका अनुसार चाङ्गे–६ ल्यान्डरले ल्याएको नमूनाले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग दिनेछ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा प्रयोग गरिनेछ।
इन्टरनेट सेवा प्रदायकलाई ब्यान्डविथ आयात गर्न नदिने गृहकार्यमा सरकार मंगलबार, जेठ २२, २०८१ नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ।
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट मंगलबार, जेठ १५, २०८१ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१÷०८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे।
च्याटजीपीटीको नयाँ संस्करण जीपीटी-४० लन्च, यस्ता छन् विशेषता शुक्रबार, जेठ ४, २०८१ माइक्रोसफ्ट जस्ता ठूला प्रविधि कम्पनीहरूले ओपनएआईमा १३ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्। कम्पनीले च्याटजीपीटीलाई आफ्नो सर्च इन्जिन ‘बिङ’ मा पनि एकीकृत गरेको छ। धेरै कम्पनीहरू पनि च्याटजीपीटी प्रयोग गर्न उत्सुक छन्। यस्तो अवस्थामा, यस एआई आधारित च्याटबोटको प्रयोग आगामी दिनहरूमा अझ फैलिने अपेक्षा गरिएको छ।
आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको घोषणा मंगलबार, जेठ १, २०८१ सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने घोषणा गरेको छ।
नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति शुक्रबार, वैशाख २८, २०८१ प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो।
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन मन्त्रिपरिषद्को निर्देशन बिहीबार, वैशाख २७, २०८१ आउँदो भदौमा निजी स्वामित्वको एनसेलले पनि तेस्रो नवीकरण गर्दै छ भने २०८६ भदौमा एनसेलको सेलुलर सेवाको अनुमतिपत्रको अवधि सकिँदै छ। हाल नेपाल टेलिकमका लागि गरिएका कतिपय निर्णय एनसेलका लागि नजिर बन्ने छन्। तथापि, एनसेल प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनी भएको र गत फागुनको मन्त्रिपरिषद् निर्णयअनुसार एनसेललाई सरकार मातहत आउनुपर्ने बाध्यता...
भरपर्दो इन्टरनेट सेवा नदिने सेवा प्रदायकलाई कारबाही गरिने शुक्रबार, वैशाख २१, २०८१ नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो इन्टरनेट सेवा उपलब्ध नगराउने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको बताउँदै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको सर्त बमोजिम भरपर्दो एवम् गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता शुक्रबार, वैशाख २१, २०८१ कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा बिहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौँ नेपाली सेवाबाट बन्चित भए।वर्ल्ड लिंक, सुबिसु, भायानेटसहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास जारी रहेको बताइरहँदा इन्टरनेटका माध्यमबाट कारोबार गरिरहेका व्यवसायीहरु मारमा परे।
भारतबाट इन्टरनेटको लिङ्क काटिएको भन्दै सेवाप्रदायकले उपभोक्तालाई ठगेका हुन्? शुक्रबार, वैशाख २१, २०८१ नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवाप्रदायकहरू र २३ वटा नेटवर्क सेवाप्रदायकमध्ये केही इन्टरनेट सेवाप्रदायकबाहेक अन्य दूरसञ्चार सेवाप्रदायकले नियमअनुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएका सेवाप्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको पनि मन्त्रालयले जनाएको...
एयरटेलले इन्टरनेट लिङ्क काटिदिँदा नेपालमा सेवा प्रभावित बिहीबार, वैशाख २०, २०८१ केही दिनअघि मात्रै आइस्पानले पत्रकार सम्मेलन गरी कुनै पनि समय इन्टरनेट काटिनसक्ने चेतावनी दिएको थियो। भारतीय कम्पनी एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी आफूहरूलाई पत्र पठाएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले कार्यक्रममा बताएका थिए।