News Griha :: न्यूजगृह
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट  

काठमाडौं— सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१÷०८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे।

उनले एकद्वार प्रणालीबाट विज्ञापन वितरणको व्यवस्था गरिने, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको व्यवस्था गरिने, लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने बजेट वक्तव्यमा राखिएको बताए।

अहिले संसद्मा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गरिरहेका छन्।  

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३३
Weather Update