News Griha :: न्यूजगृह
नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति

काठमाडौं— नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ। यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर शुक्रबार तिरेको छ।

प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो।

Prabhu Bank

नेपाल टेलिकमले २०५६ वैशाख २९ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो। सो लाइसेन्सको अवधि शुक्रबार (आज) सकिँदै थियो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:०४
Weather Update