एनसेल सेवामा समस्या, कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं— काठमाडौं देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ।
एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ।
आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशीघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ।
एनसेलका अनुसार दिउँसो ३:४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो। एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन्।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १७:०९