एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन्।

एक्सका मालिक इलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन्। एक्समा नरेन्द्र मोदीका फलोअर्सको सङ्ख्या १० करोड नाघेको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै इलन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई छ।'

विश्वका ठूला नेताहरू जसको धेरै फलोअरहरू छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन्।

यद्यपि ट्रम्पलाई २०२१ देखि २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो। ट्रम्पका ८.७७ करोड फलोअर्स छन्। जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्डोगनका २.१५ करोड फलोअर्स छन्।

भारतीय नेताहरूमा राहुल गान्धीका २.६४ करोड फलोअर्स छन्। अरविन्द केजरीवालका २.७५ करोड फलोअर्स छन्।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १२:०६
Weather Update