आगामी दिन प्राधिकरणलाई थप चुनौतीपूर्ण छ : कुलमान घिसिङशुक्रबार, भदौ १, २०८०

प्रदीप गिरिको अस्तुमा राजनीति गरेको भन्दै परिवारले जनाए आपत्ति शुक्रबार, भदौ १, २०८० परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले बिना स्वीकृति गर्ने कार्य स्वीकार्य नभएको भन्दै उनीहरूले विज्ञप्तिमा कार्यक्रमप्रति गम्भीर असहमति जनाएको छन् । उनीहरूले संस्थासँग भएको गिरिका अस्तु असली नभएको आशंका गरेका छन् ।

काठमाडौं आउने कान्ति लोकपथको पहिरो पन्छाइयो शुक्रबार, भदौ १, २०८० कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु शुक्रबार, भदौ १, २०८० विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमार्टमका लागि टेंकु अम्पुअन रहिमह अस्पताल लगिएको छ । दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सीएनएनलाई जानकारी दिएका छन् ।
स्पेनमा खडेरीले खाद्य उत्पादन ६० प्रतिशतले घट्ने शुक्रबार, भदौ १, २०८० क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । खडेरीका कारण युरोपियन देशहरूमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालक संघका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए ।

बागेश्वर सरकार काठमाडौं आइपुगे, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै शुक्रबार, भदौ १, २०८० भदौ २ देखि ४ गतेसम्म प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न उनी शुक्रबार बिहान नेपाल आएका हुन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारले शाश्वतधाममा कथा वाचन गर्न लागेका हुन् ।

विमान चार्टर्ड गरेर सात सय बंगलादेशी नेपाल आउँदै, पञ्चेबाजा बजाएर स्वागत गर्ने तयारी शुक्रबार, भदौ १, २०८० नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।

ठूला नदीहरूमा पानीको सतह सामान्य, साना नदीहरूको अवस्था कस्तो ? शुक्रबार, भदौ १, २०८० विभागको बाढी पूर्वानुमान महाशाखाले ठूला नदी तथा सहायक नदीहरूमा पानीको सतह सतर्कता सामान्य अवस्थामा रहेको जानकारी दिएको हो । महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जल सतह सतर्कता तहभन्दा तलै रहने जनाएको हो ।

शिक्षा विधेयक सच्याउन विद्यालय व्यवस्थापन समिति महासंघको माग शुक्रबार, भदौ १, २०८० सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदमा पेस हुन बाँकी रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आफ्नो क्षेत्रबाट निर्वाचित सांसदलाई मागबारे ध्यानाकर्षण गराउँदै शिक्षक कर्मचारी शुक्रबार, भदौ १, २०८० शिक्षक कर्मचारीले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सदस्य (सांसद) लाई मागबारे ध्यानाकर्षण गराउँदै छन् ।

संसद् अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल हुँदै शुक्रबार, भदौ १, २०८० संसद्को जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल हुँदै छ ।

प्राधिकरणले बन्द गर्यो महसुल बुझाउने सबै काउन्टर शुक्रबार, भदौ १, २०८० नेपाल विद्युत् प्राधिकरणले शुक्रबार आफू मातहतका सबै आय संकलन काउन्टरहरू बन्द गरेको छ ।

पढ्दै कमाउँदै कार्यक्रमले आत्मनिर्भर हुन सिकायाे : विद्यार्थी शुक्रबार, भदौ १, २०८० भोजपुरमा रहेको यशोधरा माध्यमिक विद्यालयमा अध्ययनरत मनिराज लुइँटेल अहिले सफल व्यवसायी जस्तै बनेका छन् । लुइँटेल सोही विद्यालयमा बाली विज्ञान संकायतर्फ कक्षा १२ मा अध्ययनरत छन् ।









