News Griha :: न्यूजगृह
काठमाडौं आउने कान्ति लोकपथको पहिरो पन्छाइयो

मकवानपुर— काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडामा गएको पहिरो पन्छाइएको छ । 

पहिरो पन्छाएसँगै शुक्रबार बिहानदेखि काठमाडौं-हेटौँडातर्फको यातायात पुनः सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकी, सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएको हो ।

यसैगरी त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग, हेटौँडा-भीमफेदी सडक खण्ड र भीमफेदी-कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:५०
Weather Update