बागेश्वर सरकार काठमाडौं आइपुगे, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

काठमााडैं— बागेश्वरधामका संस्थापक आचार्य धिरेन्द्र कृष्ण शास्त्री (बागेश्वरधाम सरकार) शुक्रबार काठमाडौं आइपुगेका छन् ।
भदौ २ देखि ४ गतेसम्म प्रख्यात धार्मिकस्थल शाश्वतधाममाहनुमन्त कथा वाचन गर्न उनी शुक्रबार बिहान नेपाल आएका हुन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारले शाश्वतधाममा कथा वाचन गर्न लागेका हुन् ।
बागेश्वर सरकारलाई बरुण चौधरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर स्वागत गरेका थिए । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धिरेन्द्र आध्यात्मिक गुरुका रूपमा परिचित छन्। उनले शुक्रबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट्दैछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १०:४२