News Griha :: न्यूजगृह
आफ्नो क्षेत्रबाट निर्वाचित सांसदलाई मागबारे ध्यानाकर्षण गराउँदै शिक्षक कर्मचारी

काठमाडौं— शिक्षक कर्मचारीले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सदस्य (सांसद) लाई मागबारे ध्यानाकर्षण गराउँदै छन् ।

नेपाल शिक्षक महासंघको आन्दोलनअन्तर्गत शिक्षक कर्मचारीले शुक्रबार सांसदलाई ध्यानाकर्षण गराउन लागेका हुन् ।

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सम्भव भएसम्म सांसदलाई ३० र ५१ बुँदे सहमति बुझाउन आग्रह गरेका छन् ।

सरकारले विभिन्न समयमा शिक्षकमा माग सम्बोधन गर्ने भन्दै ३० र ५१ बुँदे सहमति गरेको थियो । सो सहमति अहिलेसम्म कार्यान्वयन नभएको महासंघले जनाएको छ ।

महासचिव सुवेदीले सांसदलाई भेट्न सम्भव नभए इमेलमार्फत सहमति पत्र पठाउन पनि आग्रह गरेका छन् ।

teachers1692330643.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:२७
Weather Update