उपत्यका प्रहरी प्रमुख ज्ञवालीलाई साढे चार महिनामै किन हटाइयो? शनिबार, भदौ २, २०८०

नेपाल प्रहरीका ५ एआईजीको सरुवा, को कहाँ पुगे? शनिबार, भदौ २, २०८० नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ५ एआईजीको सरुवा गरेको हो ।स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।

ललिता निवास प्रकरणमा माधव र बाबुरामलाई उन्मुक्ति, तीन पूर्वमन्त्री पक्राउ परेनन् शनिबार, भदौ २, २०८० सत्ता गठबन्धनमा रहेका नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँग सोधखोजसमेत नगरी सीआईबीले मुद्दा बुझाउन गरेको हो । सीआईबीलाई बयान दिन भन्दै नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए । त्यस्तै, डा. भट्टराईले पनि ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिन र अनुसन्धानमा सघाउन तयार रहेको बताएका थिए । तर...

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने शनिबार, भदौ २, २०८० कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।

ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा शनिबार, भदौ २, २०८० यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

काठमाडौंका यी ८ क्षेत्रमा आज ५ घण्टा विद्युत अवरूद्ध हुने शनिबार, भदौ २, २०८० प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ शनिबार, भदौ २, २०८० जसअनुसार, बजारमा नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतिकेजी...

बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्दै शनिबार, भदौ २, २०८० भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको छ । प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ ।उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो ।...

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता शनिबार, भदौ २, २०८० ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता– २०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तरण गरिएको हो । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आचारसंहिता तयार गरेको हो।सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसले जनाएको छ । सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र...

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन, सरोकारवालासँग छलफल नगरी ल्याइयो : महामन्त्री शर्मा शनिबार, भदौ २, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् ।

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु शनिबार, भदौ २, २०८० गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकामा एक दिन केराका परिकार अनिवार्य शनिबार, भदौ २, २०८० कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

नेचर गाइड एसोसिएसनमा गुरुङ निर्वाचित शनिबार, भदौ २, २०८० चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेचर गाइडको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाबीच प्रतिष्पर्धा भएको थियो । गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् ।









