बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं— भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको छ ।
प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ ।
उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ ।
- बागेश्वर सरकार काठमाडौं आइपुगे, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै
- नेपाल आइपुगेका बागेश्वरधामले भने : नेपाल भारतको अभिन्न अंग हो
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० ०८:१७